गृहपृष्ठ » मुख्य समाचार, राजनीतिकाङ्ग्रेस बिनाको बार्ता निरर्थक भएको मधेसी मोर्चाको भनाई ।।

काङ्ग्रेस बिनाको बार्ता निरर्थक भएको मधेसी मोर्चाको भनाई ।।

October 28, 2015२२६ पटक

११ कार्तिक, काठमाण्डौ ।।

नयाँ संविधानमा असहमति जनाउँदै आन्दोलन गरिरहेको संघीय गणतान्त्रिक मोर्चाले कांग्रेसबिनाको सरकारसँग वार्ता गर्नु निरर्थक हुने बताएको छ।
सरकारले पठाएको वार्ताको पत्रको उत्तर पठाउँदै मोर्चाले ‘आन्दोलनरत पक्ष र सरकारसँग भएको सम्झौताको आधारमा संविधानको संशोधनमा नेपाली कांग्रेसको सहमति नभए हामीले गरेको वार्ता निरर्थक हुने जनाएको हो ।
मोर्चाले सर्वप्रथम दुई तिहाई बहुमत पुग्ने राजनितिक शक्तिहरु नेपाली कांग्रेस र सरकार बीच न्युनतम हाम्रा मागहरुका बिषयमा साझा धारणा सार्वजनिक गर्न आग्रह पनि गरेको छ ।
राजकिशोर यादवको मधेसी जनाधिकार फोरम नेपाल (गणतान्त्रिक) र शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी रहेको मोर्चाले सरकारले पठाएको पत्रमा मधेस आन्दोलनलाई उपेक्षा गरिएको भाषा प्रयोग गरेको उल्लेख गर्दै आन्दोलन र सहिदप्रति सम्मान जनाउन पनि भनेको छ ।
मोर्चाले प्रदेशको सीमांकन, नागरिकताको विषय, निर्वाचन क्षेत्र निर्धारण लगायतका विषयमा कांग्रेससहित दलले प्रतिवद्धता जनाउनु पर्ने माग गरेको हो ।
यता व्यवस्थापिका संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँगको कुराकानीमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले तराई मधेशमा जारी आन्दोलन र भारतको अघोषित नाकावन्दीको विषय समाधानका लागि आफु नेतृत्वको उच्चस्तरिय राजनीतिक संयन्त्रले पहल गरिरहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण