महिला राष्ट्रपति भएकाे खुसीमा विराटनगरमा दीपावली
विराटनगर– विद्या भण्डारी बुधबार राष्ट्रपति पदमा निर्वाचित हुनुभएको खुसियालीमा विराटनगरमा दीपावली गरिएको छ।
नेकपा एमालेका कार्यकर्ताले विराटनगरको जनआन्दोलनचोकमा मैनबत्ती बालेर दीपावली गरेका हुन्। उक्त अवसरमा एमालेका जिल्ला अध्यक्ष महेश रेग्मीलगायत पार्टीका भ्रातृ सङ्गठनका कार्यकर्ता सहभागी थिए।
यसैबीच महेन्द्र मोरङ क्याम्पसका पूर्व विद्यार्थी भण्डारी आज मुलुकको सर्वोच्च पदमा आसिन भएकामा सो क्याम्पसका प्रमुख सरोजकुमार चौधरीले बधाई ज्ञापन गरेका छन्। राष्ट्रपतिमा भण्डारी निर्वाचित भएर क्याम्पसको गौरव बढेकामा खुसी व्यक्त गर्दै उहाँले राष्ट्रपतिको कार्यकाल सफल होस् भन्ने कामना पनि गर्नुभएको छ । रासस