नवनर्विाचित राष्ट्रपति भण्डारीलाई राष्ट्रपति डा यादवको बधाई
काठमाडौं, कात्तिक ११ – नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति डा रामवरण यादवले बधाई दिनुभएको छ ।
व्यवस्थापिका–संसद्बाट निर्वाचित भएको घोषणालगत्तै राष्ट्रपतिले टेलिफोन गरी नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई बधाई दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभयो ।
राष्ट्रपति डा यादवले नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई हार्दिक बधाई ज्ञापन गर्र्दै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । रासस