गृहपृष्ठ » समाचारहरुवक्षस्थल ठुलो नदेखियोस भनी छोरीको छातिमा तातो ढुंगाले डाम्ने प्रथा (भिडियोसहित)

वक्षस्थल ठुलो नदेखियोस भनी छोरीको छातिमा तातो ढुंगाले डाम्ने प्रथा (भिडियोसहित)

October 28, 2015१९३ पटक

भर्खरै वक्षस्थल बढ्दै गरेका किशोरीहररुलाई आमा वा परिवारका अन्य सदस्यले भित्री बस्त्र लगाउने सल्लाह दिन्छन् । यो हाम्रो समाजमा मात्र नभइ विश्वका अन्य समाजमा पनि हुँदै आएको कुरा हो । किशोरीहरुको किशोर अवस्था सुरु हुँदा परिवारले विषेश ध्यान दिनु स्वभाविक नै हो । तर, विश्वमा यस्तो समुदाय पनि छ जहाँ किशोरीहरुको छाति सम्याउनका लागि उनीहरुको छातिमा तातो ढुंगाले डामेर सम्म बनाउने गरिन्छ । यो डरलाग्दो परम्परा अप्रिmकी महादेशका क्यामरुन, नाइजेरिया तथा दक्षिण अफ्रिका लगायतका देशमा रहेको छ । यो प्रथाबाट विश्वका ३८ लाख महिलाहरु पीडित रहेका छन् ।

1

११ देखि १५ वर्ष वर्ष उमेरका किशोरीहरुको छातिमा स्तन बढेको नदेखियोस् र उनीहरु बच्चा जस्तै देखियून् जसकारणले पुरुषहरुको नराम्रो नजर आफ्ना छोरी चेलीहरुमा नपरोस् भन्नका लागि आमाबुवाले किशोरी छोरीलाई यस्तो गर्ने गरेका हुन् । किशोर अवस्थामा पुग्दा छाति बढेको देखिने हुनाले उनीहरुमाथि बलात्कार र यौन दुव्र्यवहार बढ्ने भन्दै उनीहरुको छाति अलिअलि बढ्ना साथ तातो ढुंगाले डामेर सम्म बनाउने गरेको हो । यसो गर्नाले किशोरीहरु बलात्कार र यौन दुव्र्यवहारबाट बच्ने विश्वास उक्त समुदायको मानिसमा रहेको राष्ट्रसंघको रिपोर्टमा उल्लेख छ ।

4
उक्त समुदायका मानिसहरुले ठूलो चेप्टो ढुंगा र हामरलाई बलिरहेको कोइलामा मज्जाले तताउँछन् र उक्त तातो ढुंगालाई किशोरीहरुको बढ्दै गरेको वक्षस्थलमा ल्याएर डाम्छन् । यसो गर्नाले स्तनका सबै तन्तुहरु डढेर मर्दछन् र उनको छातिमा पलाउँदै गरेका कोशिकाहरु बढ्न पाउँदैनन् ।2

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण