गृहपृष्ठ » शिक्षाझाडापखालाका लक्षण र घरेलु उपाय

झाडापखालाका लक्षण र घरेलु उपाय

October 28, 2015११४ पटक

Businessman with stomach ache

दिनमा तीन चारपटक भन्दा बढी पातलो दिसा जानुलाई झाडापखाला भनिन्छ। यसरी शरीरबाट पानीको मात्रा कमी हुँदै गएर शरीरमा डिहाइड्रेशनको पनि समस्या उत्पन्न हुनसक्छ।

यसका लक्षणहरू निम्न प्रकार छन् –
– पेट दुख्ने तथा पातलो दिसा जाने।
– शरीरमा तरलमात्राको कमी भई जलवियोजन(डिहाइड्रेशन) हुन्छ, मुख सुक्छ तथा छिनछिनमा तिर्खा लाग्ने हुन्छ।
–वाक वाक लाग्ने तथा शरीर कमजोरी र शिथिल हुने हुन्छ।

झाडापखाला बाट बच्ने उपायहरू –
–पोषिलो खानेकुराले प्रतिरक्षा प्रणाली विकास गर्दछ।
–विशेषगरी बच्चाबच्चीहरूलाई झाडापखालाले बढी सताउने गर्दछ। अचेतनाका कारण फोहोर खानेकुरा तथा दृषित पानीले गर्दा यो रोग सर्ने गर्दछ। यसबाट बच्न बच्चाबच्चीलाई यस्ता तत्वबाट बचाउनु पर्दछ।
–व्यक्तिगत सरसफाइमा ध्यान पुर्योउनु पर्दछ।
–पर्याप्त मात्रामा पानी प्रदान गर्ने फलफूल जस्तै खरबुजा तथा जुसहरू पिउन सकिन्छ।
–जथाभावी दिसापिसाब गर्नुहुँदैन र चर्पीको प्रयोग गर्नुपर्दछ।
–हरियो सागपात राम्रोसँग पखालेर खाने, पर्याप्त मात्रामा पानी पिउने, जीवन जलको प्रयोग गर्ने तथा घरेलु नुन, चिनी तथा पानीको मिश्रण बनाई पिउन सकिन्छ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण