गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारव्यापारीले आन्दोलनकारीलाई लखेटे

व्यापारीले आन्दोलनकारीलाई लखेटे

October 29, 2015२३३ पटक

१२ कात्तिक, विराटनगर । विराटनगरका व्यवसायीले आन्दोलनकारीलाई लखेटेका छन् । बजार बन्द गराउँदै हिँडेका संयुक्त मधेसी मोर्चाका नेता कार्यकर्तालाई व्यवसायीले लखेटेको नागरिक दैनिकमा खबर छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार संघीय समाजवादी फोरमका अध्यक्ष राजकुमार यादवको नेतृत्वमा बजार बन्द गराउँदै हिँडेका आन्दोलनकारीलाई ट्राफिक चोकदेखि जलजला मोडसम्मका व्यवसायीले प्रतिकार गरी लखेटेका हुन् ।
प्रहरीको सहयोगमा आन्दोलनकारीलाई त्यहाँबाट महावीर चोकतर्फ लगिएको थियो । उक्त क्षेत्रका व्यवसायीले लामो समयदेखि बजार बन्द हुँदा व्यापार चौपट भएको भन्दै प्रतिकारमा उत्रिएका हुन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण