इन्धनको जोहो गर्दा ४ ले गुमाए ज्यान
पोखरा – नाकाबन्दीका कारण मुलुकभर इन्धन अभाव छ । महँगो मूल्य तिरेरै भए पनि सार्वजनिक तथा निजी सवारी धनीले इन्धनको जोहो गरिरहेका छन् । तर, सावधानी नअपनाउँदा भने आगलागी भएर ज्यानै गुमाउनु परेको छ ।
क्षेत्रीय प्रहरी कार्यालयका अनुसार नाकाबन्दीयता पश्चिम क्षेत्रमा पेट्रोलियम पदार्थको जोहो गर्ने क्रममा ४ जनाले ज्यान गुमाइसकेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।