गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, समचारपढाइ छोडेर बिहे रोज्दै स्कुले बालिका

पढाइ छोडेर बिहे रोज्दै स्कुले बालिका

October 29, 2015२२२ पटक

Mother-at-Jajarkot
१२ कात्तिक, जाजरकोट । जाजरकोट भुर ७ भुरचौरकी गीता परियार १४ वर्ष पनि पुगेकी छैनन् तर उनी गर्भवती छिन् । भर्खर नौ दशमा पढ्ने उमेरकी गीता केहि महिनामै आमा वन्दै छिन् । ८ कक्षामा पढ्दा पढ्दै १३ वर्षकै उमेरमा विहे गरेकी गीताले पढाइ छोडिसकेकी छिन् । विहे भएपछि पनि पढौंला भन्ने लागेको थियो तर अहिले घरको काम धन्दाले पढ्नै पाइएन, विहेका कारण पढ्न नपाउको दुखेसो पोख्दै गीताले भनिन् ।

एउटै कक्षामा पढ्ने गणेश परियारसंग गत वर्षको माघ महिनामा प्रेम विवहा गरेकी गीताले प्रेम र विवाहले गर्दा पढाइ छोड्नु परेको वताइन् । पहिले पढाइ भन्दा ठुलो माया र विहे लाग्यो, अहिले पढ्न मन लागे पनि पढ्न सकिएन,गीताको पछुतो । ७ कक्षा देखि नै प्रेममा फसेकी गिता ८ कक्षामै विहे गर्न पुगेपछि पढाइ छोड्न वाध्य भएकी हुन् ।

गीता जस्तै भुर ८ आलीकी पार्वती वुढाले पनि दुइ वर्ष अघि ९ मा पढ्दा पढ्दै विहे गरिन् ।अहिले १ वर्षको वच्चाको आमा वनिसकेकी पार्वतीले पनि विहे पछि पढाइ छोडिसकेकी छिन् । संगै पढ्ने डीलवहादुर बुढासंग बिहे गरेकी पार्वती घरको काम धन्दा र छोराको स्याहार सम्भारका कारण स्कुलको पढाइ छोड्न वाध्य छिन्। घरमै खेतीपाती गरेर गुजारा चलाइरहेका पार्वती दम्पतीलाइ भोलिको दिन कस्तो हुने हो केहि थाहा नभएको राजधानीमा खबर छ ।

राष्टिय जनगणना अनुसार जिल्लामा १० वर्ष मुनि विवाह गर्ने बालकको संख्या ३४ तथा बालिकाको संख्या एक सय ३१ रहेको छ । यसैगरी १० देखि १४ वर्षको उमेरसम्ममा बिहे गर्ने वालकको संख्या ९ सय ८३ र वालिकाको संख्या चार हजार ६ सय ८५ रहेको छ । १४ वर्ष देखि १९ वर्षको उमेर सम्म विहे गर्ने वालकको संख्या १७ हजार ४ सय ७१ र बालिकाको संख्या २६ हजार ५ सय ५८ रहेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण