गृहपृष्ठ » अन्तर्राष्ट्रिय, पत्रपत्रीका, मुख्य समाचारविश्वभरका मानिसको आयु बढ्यो

विश्वभरका मानिसको आयु बढ्यो

October 30, 2015२०१ पटक

१३ कात्तिक, काठमाडौं । विश्वभरका मानिसको आयु बढिरहेको एक अध्ययनले देखाएको छ । आयु बढेसँगै मानिस रोगी अवस्थामा बाँचेको पनि अध्ययनमा उल्लेख छ । एक सय ८८ देशमा गरिएका सबै मुख्य रोग र घाउको अध्ययनका आधारमा यो निष्कर्ष निकालिएको हो ।
विश्वव्यापी रुपमा सामान्य स्वास्थ्यमा सुधार आएको छ । यसको जस एआचाईभी एड्स र मलेरिया लगायतका संक्रमित रोगहरुविरुद्ध भएका महत्वपूर्ण सुधार र मातृमृत्यु तथा बालबालिकाको रोगमा भएका उल्लेख्य सुधारलाई पनि जान्छ ।
‘तर, स्वस्थ सरदर आयुमा भने वृद्धि हुन सकेको छैन, तसर्थ मानिसहरु वर्षौदेखि विभिन्न रोग र अशक्त भएर बाँचेका छन्,’ लेन्सेट जर्नलमा प्रकाशित सो अध्ययनमा उल्लेख छ,’ विश्वले स्वास्थ्यमा महत्वपूर्ण प्रगति गरेको छ ।’
उक्त अध्ययन अनुसार महिला र पुरुष दुवैको आयु सरदर ६ दशमलव २ प्रतिशतले बढेको राजधानी दैनिकमा खबर छ । सन् १९९० मा सरदर आयु ६५ दशमलव ३ भएकोमा सन् २०१४ मा ७१ दशमलव ५ पुगेको छ । स्वस्थ सरदर आयु पनि ५ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ ।
अध्ययन गरिएको एक सय ८८ मुलुकहरुमा सन् १९९० देखि २०१४ मा सरदर स्वस्थ सकारात्मक र महत्वपूर्ण रहेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण