सभासदलाई पार्टी ह्विप लाग्दैन : अमरेश कुमार (भिडियो)
काठमाडौं- बेलबखत विवाद र चर्चामा आइरहने नेपाली कांग्रेसका सभासद अमरेश कुमार सिंहले संविधान निर्माण प्रक्रियामा सभासदलाई पार्टी ह्विप नलाग्ने बताएका छन्। संविधान निर्माणमा पार्टी निर्णय नै अन्तिम नहुने भन्दै उनले चित्त नबुझेको विषयमा जनतामा जाने बताए।
विवादास्पद अभिव्यक्ति दिएर पार्टीको स्पष्टीकरणमा परेका उनले आफ्नो लिखित जवाफ शुक्रबार पार्टीमा बुझाउने बताए।
‘मेरो राजनीतिक स्ट्याण्ड पार्टीको हित र नीतिअनुसार नै छ,’ उनले नागरिकन्युजसँग कुरागर्दै भने, ‘सीमांकनसहितको संघीयता, नागरिकताको विषय, समानुपातिक समावेसिता र जनसंख्याको आधारमा समान प्रतिनिधित्वको मेरो स्ट्याण्ड कायमै छ।’ उनले संसदमा पार्टी ह्विप मान्ने तर संविधान सभामा आफ्नो बेग्लै स्ट्याण्ड कायमै राख्ने बताए।
सभासद सिंहले पार्टी माहाधिबेशन तुरुन्तै हुनुपर्ने बताए। ‘पार्टी नेबिसंघजस्तो हुनुहुँदैन,’ उनले भने, ‘पार्टीलाई पनि नेबिसंघजस्तो बेकम्मा बनाउनु हुँदैन।’
अमरेश कुमार सिंहसँगको कुराकानीः (भिडियो)