गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारवर्षा र हिमपातले भूकम्प पीडितलाई थप सास्ती, सरकार भन्छ–तत्काल केही गर्न सकिंदैन

वर्षा र हिमपातले भूकम्प पीडितलाई थप सास्ती, सरकार भन्छ–तत्काल केही गर्न सकिंदैन

October 30, 2015१८५ पटक

काठमाडौं, कात्तिक १३– वर्षा र हिमपातले भूकम्प पीडितको अवस्था थप कष्टकर बनेपनि सरकारले उनीहरुको लागि तत्काल केही गर्न नसक्ने बताएको छ । अहिले चिसो बढेपनि तत्काल भूकम्प पीडितको लागि चिसो छल्न कुनै प्याकेज नभएको गृह मन्त्रालय अन्तर्गतको विपत व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दंगालले बताउनुभयो ।

वर्षा सुरु हुनु अघि नै घर बनाउन सहयोग गर्ने बताएको सरकारले भूकम्प पीडितलाई १५ हजार रुपैयाँबाहेक अरु सहयोग गर्न सकेको छैन । पीडितलाई सहयोग गर्न र पुनर्निर्माणका लागि प्रधिकरण गठन भएपनि सरकार फेरबदलका कारण काम हुन नसक्दा पुनर्निर्माणको कामले गति लिन सकेको छैन । हिजो र अस्तिको झरी र हिमपातसँगै चिसो बढेपछि भूकम्पपीडितको अवस्था थप कष्टकर बनेको छ ।

बैशाख १२ गतेको भूकम्पका कारण घर भत्किएर टहरा र पालमुनी बसिरहेकाहरु चिसो बढेपछि प्रभावित भएका हुन् । विशेषगरी बालबालिका, बिरामी, सुत्केरी र वृद्धवृद्धालाई समस्या भएको छ । भूकम्पले घर भत्काएपछि अस्थायी टहरा र पालमा बस्दै आएका सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, धादिङ, काभ्रे, रसुवा, लमजुङ लगायत जिल्लाका पीडित यतिबेला वर्षा र हिमपातले कठ्याँग्रिएर बस्न बाध्य छन् ।उज्यालो अनलाईन बाट ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण