गृहपृष्ठ » मुख्य समाचार, समचारजिप दुर्घटनामा एकको मृत्यु

जिप दुर्घटनामा एकको मृत्यु

October 30, 2015१४८ पटक

१३ कात्तिक, हेटौंडा । चितवनको नारायणगढबाट चितवनतर्फ जाँदै गरेको अनटेस्ट लेखेको जिपलाई ना.३ ख ९४१९ नम्बरको ट्रकले शुक्रबार बिहान ३ः३० बजे हेटौंडा-नारायणगढ खण्डको ज्यामिरेमा ठक्कर दिँदा सो जिपमा सवार एक व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको छ ।

Makawanpur-Map-finalउनको शव हेटौँडा अस्पतालमा ल्याइएको भए पनि सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोही ट्रकको ठक्करबाट जिपका अर्का यात्रु गम्भीर घाइते भई उपचारका लागि चितवन शिक्षण अस्पताल भरतपुर पठाइएको छ । निजको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र सोही ट्रकका चालक सर्लाही जिल्ला लालबन्दी गाविस–५ बस्ने ३४ वर्षीय राम थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण