बजारमा खाने तेलको अभाव, म्याद नाघेका तेल छ्याप-छ्याप्ती
१३ कात्तिक, काठमाडौं । भारतीय नाकाबन्दीका कारण नेपाली बजारमा खाने तेलको अभाव चुलिएको छ । भन्सामा ग्यासको संकट बेहोरिरहेका उपभोक्ता अहिले खाने तेल पनि पाउन छाडेका छन् ।
भारतबाट आउने भटमास र सुर्यमुखीको तेल तथा तेस्रो मुलुकबाट आउने तोरीको तेल नकाबन्दीका कारण नाकाहरुमै रोकिएपछि खाने तेलको चरम अभाव भएको खुद्रा व्यापार संघका उपाध्यक्ष रामकृष्ण मानन्धरले बताए ।
अहिले सुर्यमुखी र भटमासको तेल बजारमा पाइन छाडेको छ । केही नेपाली उत्पादक कम्पनीका तोरीका तेल भने बजारमा भेटिने गरेको छ ।
तेल अभाव र फिलतो सरकारी अनुगमनको मौका छोपेर बजारमा अहिले कतिपय कम्पनीका म्याद नाघेका तेल पनि बिक्री भरहेको पाईको छ ।
म्याद सकिएपछि कम्पनिमा फिर्ता गर्न राखाएका तेलहरु बिक्रेताहरुले निकालेर बिक्री गरिरहेको भन्दै खुद्रा व्यापार संघका उपाध्यक्ष मान्धरले सचेत हुन उपभोक्तालाई आग्रह गरे । उपभोक्ता सचेत नहुँदा म्याद नाघेका तेल सबै बिक्री भएर सकिने अवस्था आएको उनले बताए ।
तेलको अभाव चुलिएपछि सुर्यमुखीको तेल लिटरको २ सय रुपैयाँसम्म बिक्री भएको संघले जनाएको छ । यसैगरी अन्मि समयमा भटमासको तेल टिरको १ सय ८० रुपैयाँसम्म पुगेको थियो ।
अहिले बजारमा कतै-कतै भेटिने तोरीको तेलको मुल्य प्रतिलिटर १ सय ८० देखि २ सय रुपैयाँसम्म छ ।
बजारमा मासको दालको पनि मौज्दात सकिएको छ । बजारमा हरेक उपभोग्य सामानको भाउ बढेका बेला धेरै वस्तुको अभाव पनि चुलिएको छ ।