भारत लैजान लागिएका तीन चेलीको उद्धार
- फाइल तस्वीर
१३ कात्तिक, काठमाडौं । भारत जान लागेका तीन नेपाली किशोरीहरुलाई चेलीबेटी बेचबिखन विरुद्ध सक्रिय संस्था केआई नेपालले कपिलवस्तुबाट उद्धार गरेको छ । उद्धार गरिएका सबै किशोरीहरु रोल्पाको लिवाङ नगरपालिका ७ का हुन् । उनीहरुको परिचय गोप्य राखिएको छ ।
उनीहरुलाई नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीको सहयोगमा नेपाल-भारत सीमामा पर्ने कपिलवस्तुको कृष्णनगरबाट उद्धार गरिएको हो । भारतको चन्दीगढमा नाच्न भनेर ति किशोरीहरुलाई लैजान लागिएको सोधपुछको क्रममा खुलेको केआई नेपाल कपिलवस्तु जिल्ला संयोजक गद्दुलाल चौधरीले जानकारी दिए ।
उनीहरु यही कात्तिक ३ गते घरबाट भागेर दाङको भालुबाङस्थित प्युठानी नारायण होटलमा चार दिन बसेका थिए । त्यहाँबाट भारत पुर्याउन खोज्ने तीन जनालाई पक्राउ गरी मानव बेचबिखन तथा ओसार पसार सम्वन्धि मुद्दा दर्ता गरिएको छ ।
पक्राउ पर्नेहरुमा प्रदीप विक, मोहन पाण्डे र रोल्पाको लिवाङ नगरपालिका ७ बस्ने २८ वर्षीया ललिता विक छन् ।