गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, स्वास्थ्यदूध बेचेरै करोडको आम्दानी

दूध बेचेरै करोडको आम्दानी

August 8, 2015३९६ पटक

२३ साउन, बाग्लुङ । चार वटा भैंसीबाट पशुपालन सुरु गरेका बाग्लुङ नगरपालिका २ का कृष्ण शर्माको पशु फार्ममा अहिले ७० गाईभैंसी छन् । कृष्णले दैनिक ३ सय लिटर दूध बेच्ने गरेका छन् । शर्माले दूधबाट दैनिक साढे २६ हजार आम्दानी गर्छन् ।
milk-collection-e1435383889859

आफ्नो फार्मलाई उनले नगरपालिकाकै वडा नम्बर ११ मा विस्तार गरेका छन् । शर्माले ६ जनालाई रोजगारी दिएका छन् । शर्मा मात्र होइन, बाग्लुङ नगरपालिका-५ कै खड्ग केसीले पनि २६ भैंसी पालेका छन् । उनले दैनिक ७० लिटर दूध बाग्लुङ बजारमा डेरीमा बेच्ने गरेका छन् ।

ग्रामीण क्षेत्रमा पशुपालन गर्ने किसानको संख्या घट्दै गए पनि बजार नजिकका किसानले ब्यवसायिक रुपमा गाईभैंसी पालेर आम्दानी गरिरहेको नागरिक दैनिकमा खबर छ ।

संख्यात्मक रुपमा किसानको धेरै वृद्धि नभए पनि दूध उत्पादन बढ्दै गएको जिल्ला पशु कार्यालयले जनाएको छ । बाग्लुङ बजारका आसपास, गल्कोट, खरवाङ, बुर्तिवाङ, बलेवा क्षेत्रका किसानले ब्यवसायिक पशुपालन गरेका हुन् । पोखराबाट दूध आयात गर्दै आएको बाग्लुङ जिल्लाले अहिले आयात प्रतिष्थापन गर्न थालेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण