गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारबार्तामा लचकताका साथ सहभागी हुन राष्ट्रसंघको आग्रह ।।

बार्तामा लचकताका साथ सहभागी हुन राष्ट्रसंघको आग्रह ।।

October 30, 2015१३५ पटक

१३, कार्तिक, काठमाण्डौ ।
संयुक्त राष्ट्रसंघले सिरिया संकट समाधानबारे भिएनामा जारी अन्तराष्ट्रिय वार्तामा सहभागि सबै राष्ट्रलाई लचकताका साथ प्रस्तुत हुन आग्रह गरेको छ । राष्ट्रसंघका महासचिव बान कि मुनले प्रमुख राष्ट्र अमेरिका, रुस, इरान, साउदी अरेयिबा र टर्कीलाई आ–आफ्नो राष्ट्रिय स्वार्थबाट माथि उठि अन्तराष्ट्रिय तवरबाट वार्तामा सहभागि हुन आग्रह गरेका विविसीले जनाएको छ ।
यसैबीच साउदी अरेबियाले सिरियाको संकट समाधानका लागि राष्ट्रपति बसर अल असादलाई सत्तावाट हटाउने प्रयासलाई इरानले स्वीकार गर्नुपर्ने बताएको छ । सिरिया संकटबारे शक्ति राष्ट्रहरुबीच अन्तराष्ट्रिय वार्ता जारी रहेको बेला साउदी अरबको यस्तो भनाई आएको हो । साउदीका विदेश मन्त्री अदेल अल जुबेरले सिरियाली राष्ट्रपति असाद पछि हट्नुको विकल्प नभएको बताएका छन् ।
अमेरिका, साउदी अरब, टर्की, रुस लगायत अन्य शक्ति राष्ट्र सम्मिलित वार्तामा पहिलो पटक इरान पनि सहभागि भएको हो ।
खेल खवर

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण