गृहपृष्ठ » मुख्य समाचार, राजनीतिकमल थापाको स्वीट्जरल्याण्ड भ्रमण रद्द, अग्नि खरेल जाने

कमल थापाको स्वीट्जरल्याण्ड भ्रमण रद्द, अग्नि खरेल जाने

October 30, 2015१५७ पटक

१३ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री कमल थापाले आफ्नो स्वीट्जरल्याण्ड भ्रमण रद्द गरेका छन् । थापाको सट्टा कानूनमन्त्री अग्नि खरेल त्यसतर्फ जाने भएका छन् ।

स्वीटजरल्याण्डको जेनेभामा हुन लागेको ह्युमन राइट्स काउन्सिलको कार्यक्रममा भाग लिन यही कात्तिक १६ देखि २० गतेसम्म मन्त्री थापाको जेनेभा भ्रमण तय भएको थियो ।

तर, मुलुकको विशेष परिस्थिति एवं मधेसी मोर्चासँगको वार्तालाई पूर्णता दिनुपर्ने भएकाले थापाले आफ्नो विदेश भ्रमण रद्द गरेको राप्रपा नेपालले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण