क्षतिग्रस्त काठमाडौंका पाँच सय घर भत्काइयो
१४ कात्तिक, काठमाडौं । गत वैशाख १२ गते गएको भूकम्पले क्षति पुर्याएका काठमाडौं महानगरपालिकाभित्रका दुई हजार सात घर भत्काउन उजुरी परेकामा हालसम्म पाँच सय घर मात्र भत्काउन सकिएको छ ।
महानगरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाका अनुसार हाल सहरको भित्री भागमा घर भत्काउने काम भइरहेको भए पनि अहिले चाडपर्वको समय परेकाले घर भत्काउन समस्या परेको बताएको गोरखापत्रमा खबर छ ।
प्रमुख सापकोटाका अनुसार भूकम्पका कारण केही भाग भत्किन पुगी धराप अवस्थामा रहेका घर भत्काउन नगरबासीले महानगरपालिमा उजुरी गर्नुपर्ने हुन्छ ।