रोमानियामा रात्री क्लबमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु
रोमानियाको राजधानी बुखारेस्टमा एक रात्री क्लबमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार एक कलेक्टिभ क्लबमा गयराती भिषण आगलागी भएपछि त्यहाँ भागदौड हुँदा अन्य १ सय ५५ घाइते भएका छन् ।
क्लबमा सांगितिक कार्यक्रममा भएको आतिसबाजीका कारण आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।
प्रत्यक्षदर्शीहरुका अनुसार आगलागी पछि विष्फोटसमेत भएको थियो, जसका कारण मानवीय क्षेती बढेको हो । करिब ४ सय व्यक्तिहरु भएको कार्यक्रममा उक्त घटना भएको हो । घटनापछि रोमानियाका राष्ट्रपति क्लास आयोहानिसले उक्त घटनाले आफुलाई निकै दुःखी बनाएको प्रतिक्रिया दिएका छन् ।
आपकालिन सेवाका प्रमुख रईद अराफातले घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको बताएका छन् ।