उपराष्ट्रपति छान्न संसदमा मतदान (फोटो फिचर)
काठमाडाैं-व्यवस्थापिका संसदमा उपराष्ट्रपति निर्वाचन सुरू भएको छ। सरकार समर्थित दलहरूबाट एनेकपा माओवादीका नन्दकिशोर पुन र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका तर्फबाट अमियकुमार यादव उपराष्ट्रपति उम्मेदवार छन्। सरकार समर्थित दलहरूको मतसंख्या बढी भएकोले पुन उपराष्ट्रपतिमा निर्वाचित हुने संभावना बढी छ।
निर्धारित कार्यतालिका अनुसार बिहान ११ बजेबाट मतदान सुरू भएको हो।
संसद्भ भवनको ल्होत्से हलमा बिहान ११ बजेबाट सुरु हुने मतदान दिउँसो २ बजेसम्म चल्नेछ।
एमाले सांसद भरतमोहन अधिकारीले पहिलो मत हालेका छन्। अाजै अपराह्न ५ बजे बस्ने व्यवस्थापिका संसद्को बैठकमा सभामुखले मत परिणामसहित नयाँ उपराष्ट्रपति निर्वाचित भएको घोषणा गर्ने कार्यतालिका छ।