बोकोहरामा लडाकूद्वारा उत्तरपूर्वमा गाउँलेको अपहरण
र भाग्न सफल गाउँलेहरुले बताएका छन् ।
उनीहरुले कैयौँलाई हत्या गरेको समेते बताइएको छ ।
आतङ्ककारी गतिविधि सञ्चालन गरिरहेका अतिवादी मुश्लिम समूहका सदस्य माथि सरकारले केही दिन पहिले गरेको आक्रमणमा परी दर्जनौँ बोको हराम लडाकू तथा नेताको मृत्यु भएपछि सरकारी कारबाहीमा भाग्न सफल विद्रोहीले गाउँलेमाथि क्रुरतापूर्ण गतिविधि गरेको बताइएको छ ।
बोको हराम समूहबाट उम्कन सफल एक किसान मुहम्मद अलिले बताए, “बन्दुक र तलबार सहित आएका उनीहरुले मेरी श्रीमती तथा नाबालक दुई छोराछोरीहरुसहित सयौँ गाउँलेहरुलाई अपहरण गरी लगे ।”
अपहृत दर्जनौँलाई विभत्स रुपमा हत्या तथा बलात्कार गर्ने गरेको बताउँदै उनले भने करिब ४०० गाउँले छ दिन लामो हिँडाइपछि उनीहरुको नियन्त्रणबाट सुरक्षित उम्कन सफल भएको बताए ।
छ वर्ष लामो युद्धका क्रममा नाइजेरियामा करिब २० हजार नागरिकको मृत्यु भएको छ ।