गृहपृष्ठ » मुख्य समाचार, समचारभूकम्प गएको सात महिनापछि लाप्राकमा सौर्य उर्जाबाट बिजुली

भूकम्प गएको सात महिनापछि लाप्राकमा सौर्य उर्जाबाट बिजुली

October 31, 2015१५४ पटक

१४ कात्तिक, गोरखा । भूकम्प गएको सात महिनापछि गोरखाको लाप्राक गाउँमा बिजुली बलेको छ ।पन्ध्र किलोवाटको लिस्याङ्पुक खोला लघुजलविद्युत् आयोजना मर्मत सम्भार भएपछि गाउँको हरेक टहरोमा बिजुलीवत्ती बलेको स्थानीय धनबहादुर गुरुङले जानकारी दिए ।

उक्त आयोजना भूकम्पले गर्दा बिग्रेको थियो । तत्कालका लागि प्लेनपातालाई बेरेर पानीको पाइप बनाएर काम चलाइएको छ । यसरी मर्मत गर्दा पनि पाँच लाख रुपियाँ ऋण लागेको गुरुङको भनाइ छ ।

अहिले उत्पादन गरेको विजुली लाप्राकको पुरानो गाउँका घरमा जडान गरिएको छ । भग्नावशेष जीर्णोद्वार गरेर ठड्याइएको घरमा राखिएको अन्न मुसाबाट जोगाउन घरमा बत्ति बाल्नु अनिवार्य भएको गाउँलेको भनाइ छ ।

भूकम्पपछि लाप्राकीहरु गुप्सीपाखामा टहरो बनाएर बस्दै आएका छन् । गुप्सीपाखामा भने बिजुली सुविधा छैन । सौर्य ऊर्जाबाट बत्ती बालिएको गुरुङले बताए ।

गुप्सीपाखामा बिजुली पुर्याउन २६ किलोवाटको नाङ्कोहोङ लघु जलविद्युत् आयोजना मर्मत गर्न लागिएको स्थानीयले बताएका छन् । उक्त आयोजना पनि हालैको भूकम्पले बिग्रेको छ ।

आयोजना मर्मतका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग आर्थिक सहयोग माग गरिएको उनले बताए । लाप्राकमा ४९५ टहरो छ । रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण