द्वन्द्वको समयमा बेपत्ता पारिएका १३ जना व्यक्तिको सम्झनामा स्तम्भ निर्माण ।।
रुकुम
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुकुमले दश वर्षे द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिका सम्झनामा निर्मित स्तम्भको उद्घाटन गरेको छ । परिवारका लागी सञ्चालित हातेमालो कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाईटीको अन्तराष्ट्रिय समिति आईसीआरको सहयोगमा बेपत्ता पारिएका १३ जना व्यक्तिका सम्झनामा निर्माण भएको स्मृती स्तम्भको उद्घाटन गरिएको हो । कार्यक्रममा बेपत्ता परिवारका सदस्यहरुले यस्ता स्तम्भ निमार्ण गर्दा आफुहरुमा भएको मनोवैज्ञानिक पीडा कम हुने बताएका छन् । यस्तै दश वर्षे द्वन्दको समयमा बेपत्ता पारिएका व्यक्तिका परिवारका लागी सञ्चालित हातेमालो कार्यक्रम अन्तर्गत आईतवार सहभोज गर्ने भएको छ ।