गृहपृष्ठ » मुख्य समाचार, राजनीतिमधेसी मोर्चाले सरकारलाई अर्को वार्तासम्म पर्खने

मधेसी मोर्चाले सरकारलाई अर्को वार्तासम्म पर्खने

November 1, 2015१४१ पटक

Madhesi-Morcha

१५ कात्तिक, जनकपुर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसका मुद्धामा ठोस प्रस्ताव ल्याउन अर्को वार्तासम्म सरकारलाई समय दिने भएको छ । तर, राजमार्ग केन्द्रीत र सीमा नाकामा धर्ना दिने आन्दोलनका कार्यक्रम भने अझ सशक्त बनाउने निर्णय गरेको छ ।

काठमाडौंमा सरकार र मधेसी मोर्चाको वार्ता चलिरहेका बेला मधेसी मोर्चाका शीर्ष नेताहरुले जनकपुरमा पत्रकार सम्मेलन गरेका थिए । शनिबार र आइतबार बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने-‘अब अघिल्लो वार्तामा सरकारको व्यवहार हेर्छौ । यदि सरकार गम्भीर भएन भने वार्ता गर्दैनौं ।’

यसअघि मधेसी मोर्चाका नेताहरुले आइतबारको वार्तामा सरकार गम्भीर नभए वार्तामा नबस्ने बताएका थिए । तर, सत्तारुढ दलका नेताहरुसँगको अनौपचारिक सम्वादका आधारमा मोर्चाले वार्ता भङ्गको घोषणा गरेन ।

मधेसी मोर्चाले वार्ताप्रति सरकार गम्भीर नभएको आरोप लगाएको छ । मोर्चाको सातबुँदे निर्णयको तेस्रो बुँदामा भनिएको छ-‘सरकारले वार्ताद्वारा समस्याको समाधान गर्नुको सट्टा वार्तालाई निरर्थक तथा उपलब्धिहीन र निष्कर्षविहीन बनाइ वार्ताको नाटक मात्र रच्ने कार्य गरेको छ । वार्तालाई परिणाममुखी बनाउन सरकार संवेदनशील हुनुपर्छ ।’

मधेसी मोर्चाले राजमार्ग केन्द्रीत र सीमा नाकामा धर्ना दिने आन्दोलनका कार्यक्रम अझ सशक्त बनाउने निर्णय गरेको छ । साथै जनपरिचालनका कार्यक्रम बढाउने बताएको छ ।

सरकारले चीनबाट तेल ल्याएको विषयमा सोधिएको प्रश्नमा यादवले भने-तराईको आन्दोलन नुन तेल किन्ने बेच्ने आन्दोलन होइन । मधेसको आन्दोलन राजनीतिक हो र राजनीतिक समाधान खोज्नुपर्छ ।’

संघीय समाजवादी फोरमका अध्यक्ष यादवले चीन र भारत दुबै छिमेकी भएको भन्दै झण्डा ललाउनु भएको बताएका छन् ।

पत्रकार सम्मेलनमा तमलोपा अध्यक्ष महन्थ ठाकुर र सदभावनाका अध्यक्ष राजेन्द्र महतोले आन्दोलन उचाइमा पुगेको बताए ।

Madhesi-Morcha-Statement

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण