गृहपृष्ठ » समाचारहरुदुबै खुट्टा नभएकी सुन्दरी मोडेल भन्छिन् : मलाई सेक्सी देखिन खुट्टा चाहिन्न (फोटोफिचर सहित)

दुबै खुट्टा नभएकी सुन्दरी मोडेल भन्छिन् : मलाई सेक्सी देखिन खुट्टा चाहिन्न (फोटोफिचर सहित)

November 1, 2015१६२ पटक

without lower limbs girl1
यो कुरा सत्य हो की यदि आत्मविश्वास तथा अठोट हुन्छ भने कुनैपनि कठिनाइले तपाइँको बाटो छेक्न सक्दैन । २३ वर्षकी यी सुन्दरीको हकमा पनि यहीँ सत्य लागु हुन्छ । जन्मैदेखि दुवै खुट्टा नभएकी यी युवती अहिले सेलिब्रेटी मोडेल बनेकी छिन् । उनको एक दिनको कमाइ अहिले १ हजार डलर भन्दा बढि छ ।

अमेरिकाको लस एन्जल्सकी बासिन्दा कान्या सेसर पेशाले मोडेल हुन् । विभिन्न ब्राण्डका लुगाहरुको विज्ञापनका लागि उनी मोडलिंग गर्दै आएकी छिन् । उनका दुवै खुट्टा छैनन् । अझ भनौँ खुट्टाको नामोनिसानै छैन । कम्मर माथि सबै ठीकठाक छ सरीर । तर कम्मर मुनि खुट्टाको नाउँमा केवल दुइवटा डल्ला मात्र छन् ।

थाइल्याण्डमा जन्मिएकी कान्याले आफ्नो जिवनको पूर्वार्धमा निकै दुख पाइन् । थाइल्याण्डका बौद्ध मन्दिर बाहिर मागेर गुजारा गरिन् र सडकमै उनको बास भयो । उनी जन्मेको १ महिनामै उनका बाबुआमाले उनलाई मन्दिर बाहेर छाडेर भागेका थिए । पाँच वर्षसम्म उनी त्यहीँ बसिन् तर भाग्य चम्किन बेर लागेन । उनी पाँच वर्षको हुँदा एक दयालु अमेरिकी दम्पतिले उनलाई अपनाए र अमेरिकी लगे । उनको पालनपोषण गरेर हुर्काए । आज उनी अमेरिकाको लस एन्जल्समा धूम मच्चाइरहेकी छिन् ।

without lower limbs girl

कान्याले १५ वर्षकी हुँदा पहिलोपटक फोटोशूट गराएकी थिइन् । त्यसपछि उनलाई पहिरनको मोडलिंगका लागि ठूला ठूला ब्राण्डहरुबाट अफर आउन लागे ।

आफु अन्य मानिसहरुभन्दा शारीरिक रुपमा भिन्न भएपनि खुसी रहेको कान्या बताउँछिन् । सेक्सी देखिनका लागि आफुलाई खुट्टाको कुनै आवश्यकता नरहेको उनी बताउँछिन् । उनी समुद्री तटमा जान्छिन् र मजा लिन्छिन् । स्केट बोर्डमा पनि स्टन्ट गर्छिन् र खुलेर, हँसमुख जिन्दगी बिताइरहेकी छिन् । साँच्चीकै उनको यो साहस र अठोट सलाम गर्नलायक छ ।

उनको शारीरिक अवस्थाले उनको प्रेम सम्बन्धलाई पनि रोक्न सकेको छैन । अहिले उनी एक युवकसँग प्रेम सम्बन्धमा छिन् । झण्डै दुइ महिना भयो यी दुइबीच अफेयर चलेको । प्रेमी ब्रायर्न वाटर्स आफ्नो सबैभन्दा ठूलो फ्यान तथा समर्थक रहेको उनी बताउँछिन् ।

थप तस्वीर हेर्नुहोस्
without lower limbs girl2

without lower limbs girl3

without lower limbs girl4

without lower limbs girl5

without lower limbs girl6

without lower limbs girl7

without lower limbs girl8

without lower limbs girl9

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण