गृहपृष्ठ » मुख्य समाचार, राजनीतिसंविधानसभा बैठक आज बस्ने

संविधानसभा बैठक आज बस्ने

August 8, 2015३७० पटक
काठमाडौ २३ साउन- संविधानसभाको बैठक आज बस्नेभएको छ । संविधानसभा भवन नयाँ  बानेश्वरमा दिउँसो ३ बजे बस्ने बैठकमा  संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले आज ३ बजे बस्ने बैठकमा मुख्य विवादित मानिएको संघीयतको विषयमा कुरा मिलेपछि संवाद समितिले प्रतिवेदन बुझाउने कार्यसुचि रहेको संसद सचिवालयका सहप्रवक्ता सुर्दशन कुईकेलले जानकारी दिनुभयो ।
विवादित विषयमा दलहरुबीच पटक पटक छलफल भएपनि सहमति हुन सकेको कारण हिजोको बैठक आज सम्मका लागि स्थगित भएको थियो ।
संवाद समितिले गएको आइतबार नै नागरिकबाट आएका सुझाव कसरी समेट्ने भन्नेबारे निर्णय गरेर प्रतिवेदन बुझाउनु पर्ने भएपनि दलको छलफल लम्बिएकाले ढिलाई भएको थियो ।
दलहरुबीच संविधानका मुख्य विवादित विषयमा कुरा मिल्न नसक्दा संविधानसभाको बैठक प्रभावित भएको हो । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले नागरिकका सुझाव समेट्ने बारेको प्रतिवेदन संविधानसभालाई बुझाउन सकेको छैन ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण