चिनियाँ राष्ट्रपतिले दिए समवेदना
बेइजिङ, १५ कात्तिक-चिनियाँ राष्ट्रपति सि जिनपिङ्गले आफ्ना रसियाली समकक्षी भ्यादिमिर पुटिनलाई आइतबार समवेदना सन्देश पठाएका छन् ।
रसियाली एक विमान इजिप्टको सिनाई प्रायद्वीपमा शनिबार दुर्घटनाग्रस्त भएको थियो । सो विमान यात्रा गरिरेहका २२४ व्यक्तिको मृत्यु भएपछि सिले समवेदना पठाएका हुन् ।
त्यसैगरी चीन, जापान र दक्षिण कोरियाबीच दक्षिण कोरियाको राजधानी सोलमा त्रिपक्षीय सम्मेलनको लागि दक्षिण कोरियाको राजधानी सोल पुग्नु भएका चिनियाँ प्रधानमन्त्री लि कचियाङले पनि आइतबार आफ्ना रसियाली समकक्षी दिमित्रि मेद्भेदेभलाई समवेदना पठाएका छन् ।
इजिप्टको सिनाइमा दुर्घटना भएको सो विमानमा सात चालक दलका सदस्य र २१७ जना यात्रु सवार रहेका थिए ।
इजिप्टको सराम अल सेख विमानस्थलबाट उडेको सो विमान रसिया जाँदै गरेको र विमानमा प्रायः जस्तो रसियाली नागरिक नै रहेका जनाइएको छ ।
रसियाको सेन्ट पिटसबर्गका लागि सो विमान उडेको र २३ मिनेटपछि सम्पर्क विच्छेद भएको थियो
।
रसियाली विमान सेवा कोगालिमावियाको ए ३२१ नम्बरको सो एयर बस स्थानीय समयअनुसार शनिबार बिहान ५।५१ बजे उडेको थियो ।