गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारकोरियामा सुरु हुन लागेको क्षेत्रीय सम्मेलनको यस्तो तयारी

कोरियामा सुरु हुन लागेको क्षेत्रीय सम्मेलनको यस्तो तयारी

November 1, 2015१८६ पटक

south-korea
बेइजिङ, १५ कात्तिक-एसियाका तीन ठूला अर्थतन्त्रका रुपमा रहेका चीन, जापान र दक्षिण कोरियाबीच दक्षिण कोरियाको राजधानी सोलमा त्रिपक्षीय सम्मेलन आइतबार सुरु हुदैछ ।

सो सम्मेलनका लागि चिनियाँ प्रधानमन्त्री लि कचियाङ शनिबारै दक्षिण कोरिया प्रस्थान गरेका छन् । सो सम्मेलनमा तीनै देशका नेताहरुको भेटघाट हुने छ ।

यसका साथै चिनियाँ प्रधानमन्त्री कचियाङले भने शनिबार नै दक्षिण कोरियाका राष्ट्रपति पार्क गेउन हाइसँग भेटवार्ता गर्नेछन् ।

सन् २०१२ पछि पहिलो पटक यो सम्मेलन हुन लागेको हो । यस सम्मेलनमा क्षेत्रीय विकासका साथै पछिल्लो समयमा यी देशकाबीचमा बढ्दो आपसी विवादको समाधानका लागि आवश्यक छलफल हुने बताइएको छ ।

पछिल्लो समयमा यी राष्ट्रबीच आपसमा तिक्ततापूर्ण सम्बन्ध विकास भएको छ । दोस्रो विश्व युद्धका समयमा जापानी सेनाले चिनियाँ तथा दक्षिण कोरियालीलाई बन्दी बनाएका जस्ता विवादहरु देखिएका छन् ।

ती समस्याको समाधानका लागि आइतबार सुरु हुने यो सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अनुमान गरिएको छ ।

तीन वर्षपछि हुन लागेको पूर्वी एसियाका विश्वका यी तीन प्रमुख अर्थतन्त्रबीचको यस सम्मेलनले आगामी दिनमा यी देशको सम्बन्ध सुधारका क्षेत्रमा काम गर्ने बताइएको छ ।

दक्षिण कोरियाको राजधानी सोलमा सुरु हुन लागेको यस सम्मेलनमा सहभागिताका लागि चिनियाँ प्रधानमन्त्री ली र जापानी प्रधानमन्त्री सिन्जो आबे शनिबारै त्यहाँ पुगेका छन् ।

सन् २०१२ मा चीन र जापानबीचको सम्बन्धमा दरार उत्पन्न भएको थियो । इस्ट चाइना सिको विषयलाई लिएर यी दु्वै देशबीच सो सम्बन्ध विग्रिएको हो ।

दुवै देशको सीमा क्षेत्रमा रहेको भनिएको सो सामुद्रिक भूभागलाई आ आफ्नो दाबी गरेकाले समय समयमा यी दुवै देशको सम्बन्ध पनि समय समयमा बिग्रने गर्दछ ।

यस सम्मेलनमा पनि उक्त विवादास्पद विषयमा छलफल हुने अपेक्षा गरिएको छ । साथै तीन देशबीचको आपसी आन्तरिक विषयमा आइतबारको सो सम्मेलनमा छलफल हुने छ । रासस/एपी

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण