गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारप्रतिलिटर २३१ रुपैयाँमा पेट्रोल किन्न निगमले पेस्की दियो

प्रतिलिटर २३१ रुपैयाँमा पेट्रोल किन्न निगमले पेस्की दियो

November 6, 2015२१६ पटक

२० कात्तिक, काठमाडौं । नेपाल आयल निगमले प्रतिलिटर एक सय ३९ रुपैयाँ ४० पैसा घाटा हुने गरी पेट्रोल खरिदको सम्झौतासहित पेस्की रकम दिएको छ । निगमले २० करोड रुपैयाँ पेस्की दिइसकेको नयाँ पत्रिकामा खबर छ ।

निगमले २० करोड रुपैयाँ पेस्की दिएर इन्धन ल्याउन स्वीकृत दिएको विराट पेट्रो केमिकल्सबाट ठूलो नोक्सानी बेहोर्दै इन्धन खरिद गर्न लागेको छ । आफैंले पेस्की रकम दिएको कम्पनीबाट निगमले पेट्रोल दुई सय ३० रुपैयाँ ७१ पैसा र डिजेल एक सय ९३ रुपैयाँ ८६ पैसा प्रतिलिटर (भन्सासहित) मा खरिद गर्न लागेको छ ।

यो इन्धन हालकै बजार मुल्यमा बिक्री गर्दा निगमले प्रतिलिटर पेट्रोलमा एक सय ३९ रुपैयाँ ४० पैसा र डिजेलमा एक सय २३ रुपैयाँ ९५ पैसा प्रतिलिटर नोक्सान बेहोर्नुपर्नेछ । जबकी अहिले भारतबाट खरिद गरिएको पेट्रोलमा १२ रुपैयाँ ६६ पैसा र डिजेलमा ८ रुपैयाँ ५७ पैसा नाफा कमाइरहेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण