गृहपृष्ठ » मुख्य समाचार, समचारप्रमाण नपुगेपछि कालोबजारीको आरोपमा पक्राउ परेका ग्यास उद्योगी छुटे

प्रमाण नपुगेपछि कालोबजारीको आरोपमा पक्राउ परेका ग्यास उद्योगी छुटे

November 6, 2015१२५ पटक

२१ कात्तिक, नेपालगन्ज । खाना पकाउने ग्यासमा कालोबजारी गरेको आारेपमा पक्राउ परेका ग्यास उद्योगी राजेश श्रेष्ठ रिहा भएका छन् ।
खाना पकाउने ग्यासको चरम अभाव भइरहेको समयमा कालोबजारीमा संलग्न भएको भन्दै पक्राउ परेका मनकामना ग्याँस उद्योगका सञ्चालक राजेश श्रेष्ठलाई प्रहरीले रिहा गरेको हो । कालोबजारी गरेको आवश्यक प्रमाण नपुगेपछि रिहा गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद लेखकले जानकारी दिए ।
उनी विरुद्ध १४ सय रुपैयाँमा पर्ने एक सिलिन्डर ग्यास ८ हजार रुपैयाँसम्ममा बिक्री बिक्री गरेको भन्दै उजुरी परेको थियो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार साँझ श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो । प्रमुख जिल्ला अधिकारी लेखकले उजुरीका अधारमा श्रेष्ठलाई नियन्त्रणमा लिएर कारवाही चलाउन प्रशासकीय अधिकृत खगेन्द्र पौडेललाई जिम्मा लगाएका थिए ।
तर, अनुसन्धानमा उद्योगले बढि मूल्यमा बिक्री गरेको नदेखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
उनलाई प्रमाण जुटेका बेला कारवाही गर्ने गरी रिहा गरिएको प्रमुख जिल्ला अधिकारी लेखकले बताए । व्यावसायी श्रेष्ठ हिजो रातिदेखि प्रहरी हिरासतमा थिए ।
श्रेष्ठ पक्राउपरे लगत्तै रिहा गर्न प्रहरी-प्रशासनमा ठूलो राजनीतिक दबाब परेको थियो । प्रशासनले नेपालगन्जमा ग्यासमा कालोबजारी गर्नेहरु माथि निगरानी राखेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण