स्कुल बसको ठक्करबाट बालकको मृत्यु
२० कात्तिक, कावासोती । नवलपरासीको मध्यविन्दु नगरपालिकामा स्कुल बसको ठक्करबाट शुक्रबार एक बालकको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरले दिएको जानकारीअनुसार कोल्हुवा ५ मा रहेको सनराइज इङ्लिस बोर्डिङ स्कूलको ना २ ख ५९११ बसले ठक्कर दिई गम्भीर घाइते भएका ५ वर्षीय बालक हेमन्त महतोको उपचारको क्रममा दिउँसो ज्यान गएको हो ।
विद्यालयको बालबालिका लिन गएको स्कूल बसले मध्यविन्दु नगरपालिका १ पतवारीमा स्थानीय महतोलाई ठक्कर दिएको थियो । बालकको उपचारको क्रममा भरतपुरको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो