अपाङ्ता भएका र जेष्ठ नागरिकले यातायातमा छुट पाएनन् ।।
अपाङ्ता भएका तथा जेष्ठ नागरिकका लागि सरकारले सार्वजनिक यातायातको भाडामा छुट दिएको भए पनि रामेछापका नागरिकहरु इो सेवाबाट बञ्चित भएका छन् । सार्वजनिक यातायातका साधनहरुले सर्वसाधारणलाईलाई राज्यले दिएको सुविधा समेत दिएका छैनन् । जिल्लामा स्थानीय रुटमा चल्ने तथा काठमाडौँसम्म चल्ने यातायतका साधनले समेत जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई छुट दिन इन्कार गर्ने गरेका छन् । सरकारले अपाङ्गता भएकाहरुको लागि गरेको व्यवस्था अनुसार व्यवसायीहरुले छुट दिन नमानेको अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापका कोषाध्यक्ष पुरुषोत्तम घिमिरेले बताउनुभयो । अरनिको यातायात व्यवसायी समितिका ठूला बसमा काठमाडौँ जाँदा छुट दिने गरेका भए पनि स्थानीय रुट र काठमाडौँ नै चल्ने अन्य यातायात साधनले समेत भाडामा छुट नदिएको घिमिरेले बताउनु भयो । काठमाडौँ लगायतका स्थानमा जेष्ठ नागरिकलाई सार्वजनिक यातायातमा छुट भएको भए पनि रामेछापमा सो छुट समेत हुन नसकेको जेष्ठ नागरिक मञ्च रामेछापका पूर्व अध्यक्ष रामप्रसाद देवकोटा बताउनु हुन्छ ।