गृहपृष्ठ » मुख्य समाचार, समचारगाँजरको बिउबाट १० लाख ७१ हजार रुपैयाँ भन्दा बढी आम्दानी ।।

गाँजरको बिउबाट १० लाख ७१ हजार रुपैयाँ भन्दा बढी आम्दानी ।।

November 6, 2015१३५ पटक

यस वर्ष जुम्लाबाट १० लाख ७१ हजार ६ सय ७५ रुपैयाँ बराबरको गाँजरको बिउ बाहिर निर्यात गरिएको छ । जुम्लाका ८ वटा गाविसमा किसानहरुले उत्पादन गरेको बिउ बाहिर निर्यात गरिएको हो । गत वर्षको तुलनामा यस वर्ष गाजरको बिउ धेरै उत्पादन भएको किसानहरुले बताएका छन् । प्रतिकिलो बिउको ४ सय ९५ रुपैयाँका दरले १० लाख ७१ हजार ६ सय ७५ रुपैयाँ बराबरको बिउ निर्यात भएको कृषि प्राविधिक सुर बहादुर बोहोराले बताउनु भयो । जुम्लाको पटमारा, डिल्लीचौर, लाम्रा, तत्कालिन तलिउम, शनिगाउँ, विराट, धापा र कनकासुन्दरी गाविसमा महिला कृषि समुहले उत्पादन गरेको २१ क्वीन्टल ६५ केजी गाँजरको बिउ नेपालका विभिन्न जिल्लामा पठाईएको उहाँले जानकारी दिनुभयो । जुम्लामा उत्पादन गरेको बिउ राम्रो र गुणस्तरिय हुँदै गएको हुनाले हरेक वर्ष उत्पादन गरेको बिउ बाहिर जिल्लामा पठाउने गरेको पटमारा गाविसको वडा नम्बर ३ की किसान चुक्की महतारा ले बताउनु भयो । उहाँका अनुसार बिउ अहिले उनिहरुको आम्दानीको प्रमुख स्रोत बन्दै गएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण