ओखलढुंगाका सर्वसाधरण महँगीको मार खेप्न बाध्य ।।
बन्द, हडतालको कारण देखाउँदै बजारमा व्यापारीहरूले आफू खुशी मूल्यबृद्धि गर्दा ओखलढुंगाका सर्वसाधरणले सास्ती खेप्नु परेको छ । व्यापारीले दसैं, तिहार लगाएतका पर्वको मौका छोपी बन्दहडतालको कारण ढुवानी मूल्य बढेको भन्दै दैनीक उपभोग्य सामानमा भारी मूल्यवृद्धि गरेपछि सर्वसाधारण महँगीको मारमा परेका हुन् । नाकाबन्दि र मधेश आन्दोलन चर्किँदै गएसँगै दशैँ अगावै देखि मूल्यवृद्धि गर्दै आएका व्यापारीहरुले दैनिकजसो उपभोग्य सामानको मूल्य बढाईरहेको सिद्धिचरण नगरपालीकाका स्थानिय विष्णु श्रेष्ठले बताउनुभयो । जिल्ला सदरमुकाम बजारका साथै जिल्लाका मूख्य तथा सहायक व्यापारीक केन्द्र र गाँउघरका पसलहरुमा समेत दैनिक उपभोग्यका सामानको मूल्यमा विगत एक महिना अघिको तुलनमा दोव्वर सम्म वृद्धि भएको पाईएको छ । ओखलढुंगा सदरमुकाम बजारमा प्रतिकेजी ३० रुपियाँमा पाउने आलु ६० रुपैयाँ पुगेको छ,त्यस्तै प्रतिलिटर १ सय ४० रुपैँयामा पाउने खाने तेल २ सय ५० रुपँैया पुगेको छ ।