शीतल निवासको शरणमा भारतीय राजदूत, सम्बन्ध सुधार्न भण्डारीसँग आग्रह
काठमाडौं, २० कात्तिक । नाकाबन्दीले नेपाली जनताले सास्ती बेहोरीरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि राञ्जीत रायले भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा नेपाल र भारतवीचको द्विपक्षीय सम्बन्ध, आर्थिक, सामाजिक विषय र अन्य विविध विषयमा छलफल भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
भेटका क्रममा राजदूत रायले नेपाल–भारतवीचको सदियौँदेखिको सामाजिक, सांस्कृतिक र भावनात्मकलगायतका बहुआयामिक तथ्यलाई स्मरण गर्दै जानुपर्नेमा जोड दिनुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति उल्लेख छ ।