झाडापखालाबाट जाजरकोटमा एकको मृत्यु
२१ कात्तिक, जाजरकोट । जाजरकोटको ढिमे गाविस–६ का ५७ वर्षीय कालीबहादुर सिंहको भाडापखालाका कारण मृत्यु भएको छ । केहीदिन देखि झाडा पखालाले सताइएका सिंहको समयमै उपचार हुन नसक्दा शुक्रबार राति मृत्यु भएको हो ।
पखाला लागेपछि शरिरमा पानीको मात्र कम हुने र धेरै पानी खानुपर्ने बेलामा घरेलु उपचार गरिएको, पानी तथा झोल पदार्थ खाँदा झन बिरामी परिने मानसिकताले स्वास्थ्य संस्थामा उपचारका लागि नलैजाँदा मृत्यु भएको स्थानीय कालीप्रसाद थापाले जानकारी दिए । रासस
जाजरकोटको ढिमे गाविस–६ का ५७ वर्षीय कालीबहादुर सिंहको भाडापखालाका कारण मृत्यु भएको छ । केहीदिन देखि झाडा पखालाले सताइएका सिंहको समयमै उपचार हुन नसक्दा शुक्रबार राति मृत्यु भएको हो ।