गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, समचारनाकाबन्दीका कारण रामेछापका कुखुरा व्यवसाय चौपट ।।

नाकाबन्दीका कारण रामेछापका कुखुरा व्यवसाय चौपट ।।

November 7, 2015२७४ पटक

२१ कार्तिक,रामेछाप
कुखुराको मासुमा पूर्णरुपमा आत्मनिर्भर रामेछापमा व्यावसायिक कुखुरा पालन धरासायी बनेको छ । महिनौदेखिको नाकाबन्दीले कुखुराको दाना र चल्ला आयात गर्न नसक्दा कुखुरा पालक व्यावसाय नै धरापमा परेको हो । रामेछापका ५ सय भन्दा बढी कुखुरा व्यवसायीहरुले महिनामा ५० हजार चल्ला आयात गरी रामेछाप, दोलखा, सोलुखुम्बु, काठमाडौँ र तराइका जिल्लामा समेत मासु निर्यात गरिरहेका थिए । तर गत २ हप्तादेखि चल्ला, प्लेट दाना आयात र मासु निर्यात शून्यमा झरेको व्यवसायीले गुनासो गरेका छन् । मन्थलीका चल्ला वितरक एवम् पशुपालन विज्ञ टंककुमार श्रेष्ठ व्यवसायीको माग बमोजिम दाना र चल्ला दिन नसकेको स्वीकार गर्नुहुन्छ । नाकाबन्दीका कारण भारतबाट आइरहेको मिनरल, खनिज, चुनढुंगा लगायतका कच्चा पदार्थ भित्रिन नसकेपछि सिमरा, हेटौँडा, काठमाडौँमा रहेका दाना उद्योग नै बन्द भएको श्रेष्ठले बताउनुभयो । दानाको अभावमा कुखुरा मर्न लागेको र युवाहरुले सञ्चालन गरिरहेको कुखुरा पालन व्यवसाय टाट पल्टिने अवस्था आएको पशुविज्ञ श्रेष्ठले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण