गृहपृष्ठ » मुख्य समाचार, समचारपूर्वीनाका काकरभिट्टाबाट आज इन्धन भित्रने ।।

पूर्वीनाका काकरभिट्टाबाट आज इन्धन भित्रने ।।

November 7, 2015१५६ पटक

२१ कार्तिक,झापा
बिरगञ्च नाकामा नेपाल प्रहरीको गोलि लागी एक भारतीय नागरिकको मृत्यु भएपछि भारतसंग जोडिएका बिभिन्न नाकामा भारतीय एसएसबिले कडाई गर्न थालेपछि पूर्वीनाका काकरभिट्टामा पनि पहिलेको तुलनामा केहि असहज हुन थालेको छ । हिजो दिनभरमा कुनैपनि ईन्धनका ट्यांकरहरु नेपाल प्रबेश गर्न सकेका छैनन् । भारतीय एसएसबिहरुले सुरक्षाकाकारण देखाउदै चेकजाचमा कडाई गर्न थालेको थियो । तर आज पारि सिमामा रोकेर राखेको ३५ इन्धनका ट्याङ्कर आज आउने सम्भावना रहेको मेची पेट्रोलीयम डिलर्स एसोसिएसनका बरिष्ठ उपाध्यक्ष नबिन कोईरालाले जानकारी दिनुभएको छ । अहिले पूर्वी नाका काकरभिट्टामा बिरगञ्चबाट आएका मालबाहक गाडीहरु लगभग ७ सयको हाराहारीमा भारतमै रोकिएका छन् भने आज प्राय छोड्ने सम्भावना रहेको पनि बताइएको छ । यसैबीच पूर्वीनाका काकरभिट्टाबाट कालोबजारीका रुपमा अत्याधिक रुपमा पेट्रोलियम पदार्थ पाउन थालेपनि सर्वसाधारणले महंगीमा खरिद गर्दै आएका छन । लामो समयको नाकाबन्दिले सर्वसाधारणलाई समस्याहुन थालेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण