किसानहरुलाई लक्षित गर्दै दुधालु गाई बितरण गर्ने ।।
काठमाण्डौ २१ कार्तिक ।।
कृषि बिकास मन्त्रालयले भूकम्प प्रभावित जिल्लाहरुका किसानहरुलाई लक्षित गर्दै दुधालु गाई बितरण गर्ने तयारी गरेको छ । भूकम्पका कारण घर गोठ ढलेकाले आर्थिक गतिबिधि प्रभावित भएको तथा खाद्य र पोषण सुरक्षामा पनि प्रभाव परेकाले किसानहरुलाई सम्बोधन गर्न मन्त्रालयले यहि आर्थिक बर्षभित्र २ हजार ओटा दुधालु गाई बितरण गर्ने तयारी गरेको हो । मन्त्रालयका साहायक प्रवक्ता शंकर सापकोटाले र्साजनिक खरिद ऐन अनुसार तिहार अगाडी नै गाई खरिद तथा बितरणको प्रक्रिया शुरु हुने जानकारी दिनुभयो ।