प्रधानमन्त्रीलाई भेट्न भट्टराई नेतृत्वको टोली बालुवाटार जादै ।।
काठमाण्डौ २१ कार्तिक ।।
नयाँ शक्तिको अभ्यासमा लाग्नु भएको डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै हुनुहुन्छ । भट्टराई नेतृत्वको टोलीले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगि नेपालले भोगिरहेको संकट र समस्या समाधनको उपायका विषयमा ध्यान आकर्षण गराउनेछ । भारतले गरेको अघोषित नाकाबन्दी, मधेसी मोर्चाले गरिरहेका मागका विषयमा समाधानको विकल्प पेश गर्ने भट्टराई निटक स्रोतले जनाएको छ । बिहान ९ बजे भट्टराई नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई भेट गर्दैछ । आज प्रधानमन्त्री ओलीले दिनभर औपचारीक र अनौपचारीक छलफल गर्नुहुनेछ ।