गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारजागिर लम्ब्याउन माग गर्दै एआइजीसहित २८ प्रहरी अधिकृत अदालतमा

जागिर लम्ब्याउन माग गर्दै एआइजीसहित २८ प्रहरी अधिकृत अदालतमा

November 10, 2015१९० पटक

supreme-court-of-Nepal-Final1
२४ कात्तिक, काठमाडौं । जागिर अवधि लम्ब्याउन माग गर्दै नेपाल प्रहरीका एआइजीसहित २८ जना प्रहरी अधिकारीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । एआइजी गणेश राईसहितका २८ जना प्रहरी अधिकृतले परमादेशको माग गर्दै गत महिना सर्वोच्चमा रिट हालेका हुन् ।

सुरुमा जुनियर पदमा भर्ना भई पछि खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा नाम निकाल्ने प्रहरी अधिकारीहरूले इन्स्पेक्टरदेखिको जागिर अवधि मात्र गणना गर्नुपर्ने माग गरी रिट दायर गरेका हुन् । रिटउपर प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । गत २२ असोजमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठको इजलासले कारण देखाउ आदेश जारी गरेको थियो । रिट दायर गर्नेमा एआइजी राईसहित एसएसपी राजेन्द्र श्रेष्ठ, योगेश्वर रोमखामी, सुरेशकुमार केसी, डा. धनबहादुर राना छन् । एसपीहरू जगनमान श्रेष्ठ, पवन गिरी, ईश्वरी चापागाईं, प्रेमबहादुर मल्ल, डिएसपी गुरुविष्णु काफ्ले, सुजनसिंह सिजापति, डा. मेखबहादुर खत्री, रेवती ढकाल, अभिनारायण काफ्लेले संयुक्त रिट हालेको नयाँ पत्रिकामा खबर छ ।

उनीहरूले मन्त्रिपरिषद्, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय तथा प्रहरी किताबखानालाई विपक्षी बनाएका छन् । परमादेश नआएकाले उनीहरूले उक्त प्रकरणलाई गोप्य राखेका छन् । प्रहरी सेवामा मात्र यस्तो प्रावधान भएको र यो अन्यायपूर्ण भएकाले आफूहरूले रिट हालेको एक प्रहरी अधिकारीले बताए । निजामती सेवामा अधिकृत तहमा खुला प्रतिस्पर्धाबाट नाम निकालेमा तल्लो तहको जागिरबाट राजीनामा दिने प्रावधान छ । तर, सुरक्षा निकायमा त्यो सुविधा छैन । प्रहरी ऐन नियमावलीमा त्यससम्बन्धी प्रस्ट प्रावधान छैन, तर हालसम्म सुरुवाती जागिरदेखिकै सेवाअवधि जोडेर सयौँले अवकाश पाइसकेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण