मन्त्रिपरिषदबाट पारित विशेष प्रस्तावमा नाकाबन्दी शब्द उल्लेख छैन
२४ कात्तिक, काठमाडौं । सरकारले सीमामा भारतीय पक्षद्वारा जारी अवरोध (नाकाबन्दी) खोल्न भारतलाई सोमबार औपचारिक रुपमा आग्रह गरेको छ ।
भारतद्वारा दुई महिनादेखि अघोषित रुपमा लगाइएको नाकाबन्दी र त्यसले आपुर्ति व्यवस्थामा परेको गम्भीर असरबारे सोमबार मन्त्रिपरिषदले विशेष प्रस्ताव पारित गर्दै भारतसँग सहज आपूर्तिका लागि आग्रह गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको निर्णयमा नाकाबन्दी शब्द भने उल्लेख नगरी ‘अवरोध’ मात्र भनिएको नागरिक दैनिकमा खबर छ ।