गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारएक प्रहरीले चार जनाको हत्या गरे

एक प्रहरीले चार जनाको हत्या गरे

November 10, 2015१६९ पटक

जोर्डनमा एक प्रहरीले चार जनाको हत्या गरेका छन् । राजधानी अम्मानमा प्रहरीको तालीम केन्द्र परिसरमा रहेका प्रहरीले चलाएको गोली लागी दुई अमेरिकीसहित चार जनाको मृत्यु भएको हो ।
जसमा दक्षिण अफ्रिकी र अर्का एक जोर्डनका नागरिकको पनि मृत्यु भएको छ । घटना लगत्तै अन्य सुरक्षाकर्मीले हानेको गोली लागि गोली चलाउने प्रहरी पनि मारिएका छन् ।
घटनामा तीन जना घाइते भएका छन् । यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामाले घटनालाई गम्भीर रुपमा लिएको भन्दै उचित छानबिन गर्न माग गरेका छन् । जोर्डनमा रहेका अमेरिकी नागरिकहरु असुरक्षित रहेको भन्दै ओबामाले घटना नियोजित भएको टिप्पणी गरेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण