गृहपृष्ठ » मुख्य समाचार, राजनीतिओलान्डलाई ओलीको सन्देशः नेपाल फ्रान्सेली जनताको साथमा छ

ओलान्डलाई ओलीको सन्देशः नेपाल फ्रान्सेली जनताको साथमा छ

November 14, 2015१५५ पटक

 

२८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सको पेरिसमा भएको आक्रमणको निन्दा गरेका छन् ।

ओलीले फ्रान्सेली राष्ट्रपति फ्रान्स्वा आलन्डलाई सन्देश पठाएर पेरिस आक्रमण फ्रान्सेली जनताविरुद्ध मात्र नभएको र खुला र लोकतान्त्रिक समाज विरुद्ध कै आक्रमण भएको बताएका छन् । सन्देशमा ओलीले आतंकवादविरुद्ध लडाइमा नेपालको पूर्ण साथ र समर्थन रहने समेत बताएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा यो संकटको घटनामा नेपाल र नेपाली जनता फ्रान्सको साथमा रहेको बताएका छन् ।

Kp-oli-Massage-to-France-Prez

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण