गृहपृष्ठ » मुख्य समाचार, शिक्षारुघाखोकीबाट बँच्ने प्राकृतिक उपायहरु

रुघाखोकीबाट बँच्ने प्राकृतिक उपायहरु

November 14, 2015१८० पटक

Rosy-Gautamहरेक बर्ष जाडोयाममा प्राय हामी सबैलाई रुघाखोकी लागेकै हुन्छ । रुघाखोकी र भाइरल ज्वरो अथवा इन्फ्लुआन्जाले संसारमा बर्षनी ३० देखि ५० लाख व्यक्तिलाई एकदम ग्रस्त बनाउछ भने ३ देखि ५ लाखसम्मको त ज्यानै लिन्छ ।

सामान्यतया रुघाखोकी तथा फ्लूका किटाणुहरुले आक्रमण गरेपछि हाम्रो शरीरले तिनीहरुको बिरुद्धमा प्रतिरोधात्मक क्षमता बिकास गरी तिनीहरुको बिरुद्धमा लडेर जितेपछि १ हप्ता भित्रमा हामी निको बन्न सक्छौं । तर कतिपय अवस्थामा आक्रमणको तुलनामा प्रत्याक्रमण कमजोर हुन गई डाक्टर तथा औषधिको सहारा लिनै पर्ने हुन्छ । औषधि लिनै पर्ने अवस्थामा ३ दिनभित्र लिईसक्नु पर्दछ, नत्र किटाणुले झनझन गाल्दै जान्छ ।

तर डाक्टर र बिरामीको अनुपात ५,३०० हुने अफगानिस्तान, ४,८०० हुने नेपाल र ४,५०० हुने सुडान लगायतका गरिब मुलुकहरुमा डाक्टर र औषधि समयमा उपलब्ध हुन नसक्ने भएकोले समयमै प्राकृतिक वा घरेलु उपचारबिधिहरु अबलम्बन गर्नु बुद्धिमानी ठहर्छ ।

उपलब्ध र पहुँच नै भए पनि फार्मेसीको औषधिले रोग त निको पार्छ तर यस्ता हरेक औषधिको कम वा बेसी साइड इफेक्ट हुन्छ हुन्छ जुन कुरा डाक्टरहरुले पनि भन्छन् ।

वास्तबमा हाम्रो शरीरको संयन्त्र प्राकृतिकरुपले नै बिकार बाहिर निकाल्न सक्ने र रोगब्याधसँग लड्न सक्ने गरी बिकास हुँदै आएको छ, तर त्यसको लागि शरीरले उचित समय र मात्रामा आवश्यक भिटामिन, प्रोटिन, खनिज आदि पदार्थहरु हाम्रो खानामार्फत प्राप्त गरेको हुनु पर्दछ । यस्ता सम्पूर्ण तत्वहरु परापूर्व कालदेखि नै भूगोलभरिका सबै समाजमा उपलब्ध र प्रचलित छन् । फरक यत्ति छ कि अहिले हामीले प्राकृतिक बिधिहरु राम्रोसंग अपनाउदैनौ, अनि साइड इफेक्ट हुने औषधिमामात्र भर पर्न थालेका छौं ।

रुघाखोकीबाट बँच्ने प्राकृतिक तरिकाहरु :

१. सुप: रुघाखोकीको भाइरसको मुख्य घर नै नाक तथा मुखको माथिल्लो सतहमा हुने म्युकस मेम्ब्रेन हो । यसमा उत्त्पन्न हुने तरलताले हानिकारक तत्वलाई शरीरबाट बाहिर फाल्छ । जाडोमा स्वभावैले कम पानी पिइने हुनाले हानिकारक तत्व बाहिर निकाल्न भूमिका खेल्ने म्युकसमा तरलता पुगेको हुँदैन । त्यसैले प्रसस्तमात्रामा सुप खानाले म्युकसमा तरलता बढाईदिन्छ र भाइरसलगायतका हानिकारक तत्वहरु शरीरबाट बाहिर फ्याकिन गई शरीर निकोहुन मद्दत पुग्छ । त्यसको अलावा हड्डीको सुपमा शरीरलाई तन्दुरुस्ती राख्ने र रोगसंग लड्न सक्ने अन्य थुप्रै तत्वहरु पनि हुन्छन् । सुप तरल हुने भएकोले शरीरले तुरुन्तै सोसेर लिन सक्दछ ।

२. मह: महमा एन्टी-भाइरल, एन्टी-ब्याक्टेरियल, एन्टी-फुङ्गल र एन्टी-इन्फ्ल्यामेटरी तत्व हुन्छ । महको यही गुण हुने भएकोले नै मह नसड्ने भएको हो । सजिलै पिउन सकिने ४०० मिलिलिटर जति तातो पानीमा भिटामिन सी प्रसस्त हुने १ चम्चा कागतीको रस र २ चम्चा मह मिसाई घोलेर दिनको ३-४ पटक पिउदा १-२ दिनमै रुघाखोकी निको हुन सक्छ, तर महमात्र खाँदा त्यती फाइदा पुग्दैन अनि १ बर्षभन्दा कम उमेरका बच्चालाई मह खान दिनु हुँदैन । महाले घाउ खटिरा समेत निको पार्न मद्दत गर्दछ ।

३. तातोपानी नुनको गार्गल: नुनले केही प्रकारका किटाणु मार्न सक्छ तर सबै मार्न सक्दैन । तर नुनको बिशेषता नै यस्तो हुन्छ कि यसले ब्याक्टेरिया बृधि हुन आवश्यक हुने पानीका कणहरुलाई सोस्दछ जसको कारण ब्याक्टेरिया बृधि हुन पाउंदैन ।  त्यही भएर नुन पर्यो भने जुका वा बोटबिरुवा मर्छन् । रुधाखोकीका किटाणुको मुख्य घर नै नाक, मुख र घांटी भएकोले नुनपानीले गार्गल गर्दा कतिपय किटाणु मर्छन् भने अन्यको बृधि हुने आधार खस्कंदै जान्छ । हल्का मनतातो नुनपानी नाकले समेत तान्दै फाल्दै गर्नु पर्दछ ।

Girl in winter clothing sneezing

५. पीरो खानेकुरा: पिरो खानेकुरा खाँदा हाम्रो सिगान र आँसु प्रसस्त बग्दछ । त्यसो हुँदा रुघाखोकीका किटाणुहरु पनि शरीर बाहिर बग्ने हुनाले फाइदा पुग्दछ । त्यसको अतिरिक्त हरियो खुर्सानीमा प्रसस्त भिटामिन सी र ए पनि पाइन्छ ।

६. तातोपानीको बाफ: जाडोयाममा हावामा पानीका कणहरु कम हुने भएकोले हाम्रो नाक तथा मुखको म्युकस सुक्का हुने गर्दछ । सुक्का म्युकस रुघाखोकीको भाइरसकोनिम्ति अत्यधिक अनुकुल वातावरण हो । त्यसैले कोठामा तातो पानीको वाफ उडाउनु वा ह्युमिडीफायर लगाउनु पर्छ जसको कारण कोठाको हावामा पानीका कण बृधि भई म्युकस भिज्छ र आराम महसुस हुन्छ । तातोपानीमा भिक्स मिसाए त झनै राम्रो ।

७. सिजनल फलफुल तथा तरकारीहरू: चिसो लाग्छ भनेर हामीले जाडोयामका सागसब्जी तथा फलफुल त्यति खाँदैनौ । तर मौसम अनुसार पाइने यस्ता बस्तुहरु जसरी जाडोमा प्रसस्त गरी उत्पादन हुन्छन्, त्यसरी नै प्रसस्तगरी खानु पर्दछ । हो एकैचोटी १ दर्जन केरा तथा २-४ वोटा मुला खायो भने त्यो नै रुघाखोकीको कारक बन्न सक्छ तर मिलाएर खाएमा यस्ता मौसम अनुसारका तरकारी र फलफूलले शरीरलाई रुघाखोकी लाग्नबाट नै बाचाउंछन् । तसर्थ साग, मुला जस्ता जाडोका तरकारीहरू कुँडोजस्तो बनाएर तात्तातै खानु पर्छ भने केरा, स्याउहरु एकपटकमा आधा वा एउटा गरी दिनमा धेरै पटक खानु पर्दछ ।

८. चिसोले बढी असर गर्ने अंगहरु: हाम्रो शरीरका केही अंगहरुमा चिसोको एकदम बढी प्रभाब पर्दछ भने केहीमा कम । जस्तो को घांटी, छाती, हातका औंला, कम्मर र घुँडामा चिसोको असर एकदम छिटो पर्दछ । तसर्थ नियमित मफलर बाँध्ने र पन्जा लगाउने गरेमा रुघाखोकीले सताउने सम्भावना कम हुन्छ ।

९. सतर्कता: सतर्कता नअपनाए रुघाखोकीले सजिलै महामारीको रुप धारण गर्न सक्छ । यो सर्ने मुख्य मध्यम बिमारीले छोएको बस्तु जस्तै टावल, भाँडा, झ्यालढोकाका ह्यान्डल आदि प्रयोग गर्नु र बिमारीको नजिक पर्नु नै हुन् । तसर्थ बिमारीले प्रयोग गरेको टावल प्रयोग गर्नु हुँदैन र धेरै मानिसले छुने झ्यालढोकाका ह्यान्डल छुँदा टिसु पेपर वा ट्वाइलेट पेपर प्रयोग गरी खोल्ने-लाउने गर्नु पर्दछ । बिमारीको नजिक बस्नु हुन्न र बिमारीले हाछ्युं गर्दा आफूले सास तान्नुको सट्टा लामो सास बाहिर फाल्नु पर्दछ । कतै बाहिरबाट घरमा आउने बित्तिकै र कुनै पनि खाना छुनु र खानु भन्दा पहिले राम्रोसंग साबुनले हात धुने र गार्गल गर्ने गर्नु पर्दछ । हात धुँदा पनि औंलाको टुप्पा, काप, हत्केलाको पछिल्लो भागमा बढी मिच्ने गर्नु पर्दछ । कथं हात नधोई खाना छुनु पर्ने अवस्थामा पनि दुवै हात बेस्सरी रगड्नु पर्छ । त्यसो गर्दा पनि धेरै भाइरस मर्छन् ।

१०. आराम: प्राणीको शरीरको संयन्त्र नै यस्तो हुन्छ कि खानाबाट प्राप्त शक्तिलाई अनुपातिक रुपमा शरीरका बिभिन्न ठाउँमा पुर्याउँछ । तर जब कुनै ठाउँमा बढी मर्का पर्छ, त्यहाँ बढी शक्ति पठाउँछ । जव हामी बिरामी हुन्छौ, शरीलाई रोगको विरुद्धमा लड्नलाई अन्य बेलाको भन्दा बढी शक्तिको आवश्याकता परेको हुन्छ । बिमारीको बेलामा सकीनसकी काम गरियो भने शक्ति बाडिन गै प्रभाभकारी रुपमा रोगसँग लड्न गाह्रो हुन्छ । तसर्थ आराम गरियो भने शरीरले सम्पूर्ण शक्ति रोगसँग लड्नकोनिम्ति प्रयोग गर्छ र छिटो निको हुन सकिन्छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण