गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारपेरिस हमलाको जिम्मा आइएसले लियो

पेरिस हमलाको जिम्मा आइएसले लियो

November 14, 2015२७७ पटक
काठमाडौं : शुक्रबार राति फ्रान्सको पेरिस सहरमा भएको आतंकवादी हमलाको जिम्मेवारी मुस्लिम अतिवादी संगठन आइएसले लिएको अन्तराष्ट्रिय एजेन्सीहरुले जनाएका छन् ।
इराक र सिरियालाई आफ्नो आपराधिक  गतिविधिको अखडा बनाउँदै आएको आइएसले संगठनले आफ्ना लडाकुले पेरिसमा आक्रमण गरेको दाबी गरी विज्ञप्ति निकालेको छ।
पेरिसका विभिन्न स्थानमा भएको श्रृंखलाबद्ध आतंककारी हमलामा डेढसयभन्दा बढीको मृत्यु भइसकेको छ। आतंककारीहरुले स्वचालित बन्दुकबाट अन्धाधुन्द गोली वर्षाउनुको साथै शक्तिशाली बम विष्फोट गराएका थिए।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण