गृहपृष्ठ » मुख्य समाचारभारतीय र बेलायती प्रधानमन्त्रीको संयुक्त वक्तव्यमा नेपाललाई पनि सम्बोधन

भारतीय र बेलायती प्रधानमन्त्रीको संयुक्त वक्तव्यमा नेपाललाई पनि सम्बोधन

November 14, 2015९० पटक
काठमाडौ : बेलायत भ्रममा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री डेभिड क्यामरूनले संयुक्त रुपमा जारी गरेको बक्तब्यमा नेपाल विषयलाई पनि समावेश गरिएको छ।
दुई मुलुकका सरकार प्रमुखहरूबाट जारी वक्तब्यमा नेपालमा समावेसी र दिर्घकालीन संवैधानिक व्यवस्थापनको आवश्यकता र महत्वमाथि जोड दिदै यस्तो व्यवस्थापनले बाँकी रहेका सरोकारहरुलाई सम्बोधन गर्नुका साथै राजनीतिक विकास र आर्थिक सम्वृद्धिलाई पनि टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
वक्तव्यमा भूकम्पपछि पुनर्निमार्णका पक्षमा पनि जोड दिइएको छ। पुनर्निर्माण प्राधिकरणले चाँडै नै काम थाल्ने विश्वास व्यक्त गरिएको छ।
मोदी र बेलायती प्रधानमन्त्री डेभिड क्यामरूनको लामो वक्तव्यमा नेपालको विषयमा दुईवटा वाक्य मात्र उल्लेख गरिएका छन्। प्रधानमन्त्री मोदीको बेलायत भ्रमणमा बेला त्यहाँ रहेका नेपाली तथा अधिकारकर्मीले नेपालमा भारतीय पक्षले लगाएको नाकाबन्दी विरोध गर्दै मोदीविरुद्ध प्रदर्शनसमेत गरेका थिए।
भारतीय पक्षले लगाएको नाकाबन्दीका कारण आपूर्तीमा उत्‍पन्न अवरोधबारे केही उल्लेख नगरिएक पनि यो वक्तव्यले नेपालले भोगिरहेको असहज अवस्थाबारे अन्तराष्‍ट्रि समुदायको ध्यानकर्षण गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्न अपेक्षा गरिएको छ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण