पार्टी कार्यालय जलाउनु अपराधिक हर्कत : एमाले

काठमाडौं : नेकपा एमालेले मधेसी मोर्चाबाट पर्सास्थित पार्टी कार्यालय जलाउनेहरुले अपराधिक हर्कत देखाएको जनाएको छ ।
एमाले प्रचार विभाग प्रमुख योगेश भट्टरार्इले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मानिसहरुले गरेको तोडफोड र आगजनीको घटनाले उनीहरुको अपराधिक चरित्र उदांगो पारेको जनाएका छन् ।
‘पार्टी कार्यालय तोडफोड र आगजानी जस्तो लोकतन्त्र बिरोधी र गैर राजनीतिक हर्कतको निन्दा र भत्र्सना गर्दछौं’, विज्ञप्तीमा भनिएको छ, ‘आन्दोलनको आवरणमा पार्टी कार्यालयमा आक्रमण गर्नु अपराधिक हर्कत बाहेक अरु केही हुनैं सक्दैन ।’
सचिव भट्टरार्इले यस्ता अपराधिक गतिविधिमा संग्लनहरुलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न पनि सरकारको ध्यानकर्षण गराएका छन् ।
उनले शान्तिपूर्ण तरिकाले आफ्ना मागहरु राख्ने बाटो हुँदा हुँदै गैरराजनीतिक र अपराधिक गतिबिधि नगर्न पनि मधेसी मोर्चालार्इ आग्रह गरेका छन् ।