फोनका कारण यसरी जोगियो पेरिस हमलामा एक व्यक्तिको ज्यान
पेरिस – पेरिसमा मध्यराती भएको हमालाका दौरान एक व्यक्ति फिल्मी तरिकाले मोबाइल फोनका कारण जीवित रहन सफल भएका छन् । उनले बोकेको मोबाइल फोनले बमको छर्रा रोक्दा १ सय २०भन्दा बढीले ज्यान गुमाउने गरी भएको पेरिस हमलामा सुरक्षित रहन सफल भएका हुन् ।
सिल्भीस्टर नाम गरेका ती व्यक्तिले मोबाइलमा कुरा सक्नासाथ उनीभन्दा केही पर रहेका आतंकवादीले आत्मघाती बम विस्फोट गरेका थिए ।
बम बिस्फोट लगत्तै उनको फोनमा केही धुवाँ देखिएको थियो । बमको छर्रा उनको फोनमा लागेको थियो । जसले गर्दा उनको शरीरमा ठूलो चोट लाग्न पाएन । उनको खुट्टामा भने सामान्य चोट लागेको छ ।
स्टेडी डि फ्रान्स नजिक भएको उक्त हमालामा कम्तिमा पनि ६ व्यक्तिले ज्यान गुमाए ।