देशबासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी ।।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने तयारी गर्नुभएको छ । प्रधानमन्त्री भएको एकमहिना पुगेको अवसर पारेर ओलीले देशवासीको नाममा औपचारिक सम्बोधन गर्ने तयारी गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । प्रधानमन्त्रीले केही मन्त्री, सरकारमा सहभागि दल र पार्टी भित्रै छलफल गरेर सम्वोधन गर्ने तयारी गर्नु भएको दाहालले बताउनुभयो । आज तयारी भएपनि समय भने तय भइनसकेको उहाँले जानकारी दिनुभयो । यसअघि तिहार अघि नै सम्बोधन गर्ने भनिए पनि तयारी नपुगेकाले केही दिन सारिएको हो । प्रधानमन्त्री ओलीले भारतको नाकाबन्दी, मधेस आन्दोलनलगायत विषयलाई समेटेर सम्बोधन गर्ने जनाईएको छ ।